अनामिका चाइल्ड भिजन स्कुलमा लायन्स क्लबद्वारा खाद्यान्न सामग्री वितरण

संदिप प्रसाद यादव
107 पाठक संख्या

कलैया : अनामिका चाइल्ड भिजन स्कुलका बालबालिकाहरुलाई लायन्स क्लब अफ कलैयाले शुक्रबार खाद्यान्न सामग्री वितरण गरेको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको अनामिका चाइल्ड भिजन स्कुलका बालबालिकाहरुलाई उसले सो सामाग्री वितरण गरेको हो। लायन्स क्लबले मासिक कार्यक्रम अन्तर्गत उक्त खाद्यान्न सामग्री वितरण गरेको हो।

स्कुलका बालबालिकाहरूलाई भुजा, चिउरा, चामल, दाल, तेल, नुन, आलु, भुजिया, डालमुठ, बिस्कुट र मिठाई लड्डु लगायतका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष सूर्यजित सिंहले जानकारी दिए।

उक्त कार्यक्रममा क्लबका सचिव मुकेश कुमार गुप्ता, कोषाध्यक्ष अजय सरार्फ, संस्थापक अध्यक्ष दिलिप कुमार चौधरी, राजकुमार साह, भरतलाल अग्रवाल, नवीन अग्रवाल, श्याम खेतान, इन्द्रजित प्रसाद कुशवाहा, समीर अन्सारी, सुभाष जयसवाल, विद्यालयका संस्थापक अनामिका, शिक्षक कल्पना चौधरी, संजु कुमारी, अञ्जली लगायत क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave a review