Sajhedari Daily
Latest News from Nepal

प्रधानमन्त्री ओलीको दिमागले काम गर्न छाड्यो ः प्रदेशमन्त्री सोनल

प्रदेश नम्बर २ का भौतिक पूर्बाधार विकास मन्त्री जीतेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको दिमाग खराब भइसकेको बताएका छन् ।

पर्साको एक कार्यक्रममा वोल्दै मन्त्री सोनलले मन्त्री सोनलले प्रधानमन्त्री ओलीको मति भष्ट भइसकेको कारण देशको स्वाभिमान र विश्वसनीयता विश्व सामु गिराउदै आरोप लगाए ।

जनता समाजवादी पार्टी नगर कार्यसमिति बहुदरमाई नगरपालिकाले आयोजना गरेको पिपरा इमरर्जेन्सी सेन्टलको शिलान्यास तथा शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो वताएका हुन।

जसपाका नेता समेत रहेका मन्त्री सोनलले ओलीले कुन बेला के बोल्छन् ,थाहा हुदैन्,भगवान रामको जन्म भूमि प्रदेश २ को पर्साको ठोरी हो भन्ने अभिव्यक्तिको कारण प्रधानमन्त्री जस्तो व्यक्तिले देशकै इज्जत तल झारेको बताएका छन । उनले भने ठोरीमा जन्मभूमि हो भनेको दुई दिनपछि प्रदेश ३ को माडीमा भगवान रामको जन्मभूमि हो भनेर अभिव्यक्ति दिए ।

देश अहिले निकै तरल अवस्थामा रहेको चचौ गर्दै नेकपा पार्टीको राजनीतिक पनि खतरामा फसेको टिपण्णी गरे ।उनले भने,नेकपाका नेता,नीति र नेतृत्व सबै असान्दर्भिक छ । मधेसी जनताले विगतमा गरेको आन्दोलनको जगमा देशमा आएको संघीय गणतान्त्रिक लोकतन्त्र नै खतरामा पर्दैै गएको उनले विश्लेषण गरे ।

पिपरामा स्थापना गरिएको केन्द्र सरकारको अढाई करोडको बजेटमा दैविक प्रकोप बाढी,आगलागी, टोरनाडो, महामारीलगायतको समयमा स्थानीयलाई सेवा दिन आपातकालिन सेल्टर भवनको मन्त्री सोनलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बहुदरमाई नगरपालिकाका बासिन्दा तथा राजनीति, शिक्षा, स्वास्थ्य, निजामति सेवा, गैरसरकारी संस्थालगायत विभिन्न क्षेत्रमा योगदान दिई जिल्लाको विकासको लागि सेवा दिएका र दिइरहेकाहरुलाई सम्मान गरिएको थियो ।

जनता समाजवादी पार्टी बहुदरमाई नगरपालिका नगर कार्य समितिका अध्यक्ष कृष्णा यादवको अध्यक्षतामा एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य शिव पटेलको सक्रियतामा सम्पन्न सो कार्यक्रममा पर्सा क्षेत्र नं.३ का सांसद हरि नारायण रौनियार, प्रदेश सासद प्रहलाद गिरी, रमेश कुर्मी, मन्जुर आलम, पुर्व मन्त्री एवं सांसद करिमा वेगम, भारतीय महावणिज्यदूतका कन्सुलर शैलेन्द्र कुमार, बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, जसपाका केन्द्रिय सदस्य शशि कपुर मिया, जर्नादन यादव लगायतका सहभागि थिए ।

Comments are closed.

error: Content is protected !!