कलैया । बारा प्रहरीले ९४ हजार रुपैयाँ बराबरको डेरी मिल्क बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा बुधवार जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त डेरी मिल्क बरामद गरेको हो ।
प्रहरीका अनुसार बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं.१ भरत चौक स्थितमा कलैया देखी काठमाण्डौ चल्ने यात्रु बाहक हाईस गाडीलाई चेक जाँच गर्ने क्रममा बिल बिजक नभएको अवस्थामा उक्त डेरी मिल्क बरामद गरिएको हो ।
उक्त डेरी मिल्कको अन्दाजी मुल्य रू.९४ हजार ८० रूपैया बराबरको डेरी मिल्क १०५ प्याकेट रहेको बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिए ।
उक्त डेरी मिल्कलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको निमित्त प्रवक्ता नेपालले जानकारी दिए ।

