बाराको कोल्हवीमा जारी प्रथम मेयर क्रिकेट कपको समापन,आयोजक पलास कोल्हवीलाई हराउदैै कचोर्वा क्रिकेट क्लब विजयी

साझेदारी दैनिक
878 पाठक संख्या

बुधन चौधरी /
बाराको कोल्हवीमा जारी प्रथम मेयर क्रिकेट कप २०७७ प्रतियोसगता सम्पन्न भएको छ । शनिवारको समापन फाईनल खेल आयोजक पलास कोल्हवी र कचोर्वा क्रिकेट क्लबवीच भएको थियो ।

आयोजक पलासले टस जितेर व्याटिङ्ग रोजेको थियो । पलासीले ९४ रन बनाएको थियो । ९५ रनको लक्ष्य लिई मैदानमा उत्रेको कचोर्वाले १८ ओभरमा आफ्नो लक्ष्य प्राप्त गरि प्रथम मेयर क्रीकेट कप २०७७ को बिजेता बनेको छ।

फाइनल खेलमा म्यान अफ दि म्याच कचोर्वा टिमका समीर महम्मद घोषित भएको छन । उनले सबैभन्दा सर्बाधिक ३४ रन बनाएका थिए ।

हिन्दुहरुको महान चार्डहरु शुभबिजया दशमी,दिपावली एवम् छठ पर्वको पावन अवसर पारेर कोल्हवी नगरपालिकाको मुख्य सहयोग र परिवर्तनको लागि युवा समाज “पलास“ को आयोजनामा रहेको सो प्रतियोगिता शनिबार समापन भएको हो।
प्रतियोगितामा विजेता तथा उपविजेतालाई क्रमश बिजेता कचोर्वा टिमलई नगद रु. ४१ हजार पाँस ५५ रुपैया र उपविजेता आयोाजक पलासलाई नगद रु. २१ हजार पाँच सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र समापन कार्यक्रमका प्रमुख अतिथि एवम् कोल्हवी नगरपालिकाका नगरप्रमुख भरत बहादुर भण्डारीले हस्तान्तरण गरेका थिए ।

Leave a review

This will close in 0 seconds