Sajhedari Daily
Latest News from Nepal

चाडपर्वको अवसरमा असाहाय परिवारलाई कपडा वितरण

रबिन्द्र प्रसाद साह/
दिपावली तथा छठ पर्वको शुभ अवसरमा वीरगंज कपडा बैंकले बुधवार गरिब समुदायका व्यक्तिहरुलाई ७ सय थान कपडा वितरण गरेको छ ।

कपडा बैंकका संयोजक बृजेश्वर प्रसाद चौघरीको अध्यक्षतामा वीरगंजको घण्टाघर अगाडी दलित तथा असहाय बिपन्न समुदायका मानिसहरूलाई कÞरीब ७ सय थान कपडा बितरण गरेको वैकले जनाएको छ ।

उक्त कपडा वितरण कार्यक्रममा संरक्षक सुरेन्द्र कुर्मी, संचारकर्मी अमित अग्रवाल , कन्हैया पटेल, ओमप्रकाश सर्राफ, लालबाबु सिह, मोनिका सिंह, ज्ञयानेन्द्र सिह, सुरेन्द्र यादव, हरेन्द्र पटेल, ज्योति गुप्ता लगायतकाहरुको उपस्थिति रहेको थियो।