Sajhedari Daily
Latest News from Nepal

बारा कचोर्वाका स्वतन्त्रता सेनानी सहनीको १०१ बर्षको उमेरमा निधन

बाराका एक पुराना स्वतन्त्रता सेनानीको निधन भएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा निवासी स्वतन्त्रता सेनानी नेता अनुप सहनीको शुक्रवार १०१ बर्षको उमेरमा निधन भएको छ ।

सहनीको शुक्रवार नै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । उनलाई नेपाली काँग्रेस बारा क्षेत्र १ का क्षेत्रिय सभापति एवम् सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादवले नेपाली काँग्रेसको झन्डा ओढाई सम्मान गरेका थिए । सो अवसरमा नेपाली काँग्रेस बाराका कोषाध्यक्ष चन्दशेखर यादव, किसान संघ बारा अध्यक्ष रामाधार प्र यादव , जिल्ला सदस्य मोहन कुशवाहा, भागवत प्र गुप्ता लगायतकाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सहनी नेपाली काँग्रेस को साथमा २००७ को स्वतन्त्रताको लडाईदेखि हालसम्मको सबै आन्दोलन्मा सकृय रुपले सहभागि हुदै आएका थिए । उनी लौह पुरुष गणेशमान सिंह, नेता शशी शम्शेर, भागवत प्र यादवको साथमा सकृय रुपले स्वतन्त्रताको लागि आन्दोलनमा सहभागि भएका थिए।

सहनीलाई २०१८ सालमा राजा महेन्द्रको प्रहरीले गिरफ्तार गर्न खोज्दा सहनी गाउँ नजिक रहेका झरोखर पोखरीमा दुई दिन सम्म कमलको पात मुनि लुकेर ज्यान जोगाएको थिए । नेपाल सरकारले सहनीलाई २०४८ सालमा स्वतन्त्रता सेनानी घोषणा गरि ५० हजार नगद सहित सम्मान गरेको थियो ।