कोल्हवी : बिनिता चौधरी/ कोल्हवी नगर उद्योग वाणिज्य संघको निर्वाचन असोज ४ गते शनिबार हुने भएको छ।
बिहिवार बसेको निर्वाचन मण्डलको बैठकले असोज ४ गते शनिबार कोल्हबी बजारमा रहेको तामागढी पार्टी प्यालेसमा गर्ने निर्णय गरेको छ। बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म मतदान हुने समय तोकिएको छ ।
बैठकमा निर्वाचन अधिकृत केवलप्रसाद चौधरी लगायत निर्वाचन मण्डलका पदाधिकारी, उद्योगी, व्यापारी, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
यस अघि कोल्हबी नगर उद्योग वाणिज्य संघको निर्वाचन भाद्र २५ गते शनिबारको लागि तोकिएको थियो। जेन जि को आन्दोलनको कारण चुनाव स्थगित भएको थियो । यस निर्वाचनमा अध्यक्ष पदमा प्रमोद साह र रामप्रसाद प्रसाई प्यानल बनाएर चुनावि मैदानमा उत्रिएका छन्।


