कलैया : नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले जेन–जी’ आन्दोलनका क्रममा सहिद भएकाहरुको १३ औं पुण्यतिथिमा शनिबार दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ। बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम शनिबार गरेको हो।
जिल्ला सभापति राजेशराय यादवले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे। यस्तो दुःखद घटनाले समाजलाई गहिरो चोट पु-याएको उनले बताए। यस्ता घटना दोहोरिन नदिन राज्य संयमित र जिम्मेवार बन्नुपर्ने उनले बताए। दीप प्रज्वलन कार्यक्रममा मौन धारण समेत गरिएको छ।
नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा पूर्व मन्त्री कलावती पासवान,बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,नरेन्द्र यादव,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
भदौ २३ र २४ गते भएको जेन जि आन्दोलनको क्रममा ७३ जनाको ज्यान गएको थियो।

