Sajhedari Daily
Latest News from Nepal

म कुनैपनि हालतमा पार्टी फुट्न दिन्न् – वरिष्ठ नेता नेपाल

रञ्जन यादव /

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कुनैपनि हालतमा पार्टीलाई फुट्न नदिने बताएका छन ।

पुष्पलाल स्मृति प्रतिष्ठान बाराले विहिवार सिमरामा आयोजित घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले नेकपा फुट्दैन र कसैले फुटाउन पनि नसक्ने बताए ।

नेता नेपालले पार्टीभित्र विधि र पद्धतिको संस्कार स्थापित गर्न आफू लागिपरेको उल्लेख गर्दै कसैले दिएको धम्कीले नडराउने बताएका छन । उनले पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भन्ने मेरो मान्यता हो त्यसै अनुरुप सबै अगाडि बडनुपर्छ नेपालको भनाई छ ।

कार्यक्रममा वोल्दै वरिष्ठ नेता नेपालले बारा,पर्सा र रौतहटमा पार्टी निर्माणमा स्वर्गीय पुष्पलालको ठूलो योगदान रहेको चर्चा समेत गरेका छन ।

प्रतिष्ठानका जिल्ला संयोजक पलट चौधरीको अध्यक्षतामामा भएको उक्त कार्यक्रममा नेकपा प्रदेश नम्बर २ का सहइन्चार्ज नागेन्द्र चौधरी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका सचिव सुन्दर बहादुर विश्वकर्मा, पुष्पलाल स्मृति प्रतिष्ठान प्रदेश नम्बर २ का सचिव कमलेश झा लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा पलट चौधरीको संयोजकत्वमा ४१ सदस्यीय प्रतिष्ठान जिल्ला शाखाको घोषणा गरिएको थियो । कार्यक्रमको संचालन नेकपा नेता मनोज पौडेलले गरेका थिए ।