Sajhedari Daily
Latest News from Nepal

पर्साको चार स्थानीय तहमा आधारभुत अस्पतालको शिलान्यास

राम मण्डल /
पर्साको चार वटा स्थानीय तहहरुमा सोमबार एक कार्यक्रमकाबीच एकैसाथ आधारभुत अस्पतालको शिलान्यास भएको छ ।
जिल्लाको दक्षिण्ी भेगतिर रहेका ग्रामीण चार वटा स्थानीय तहहरुमा एकैसाथ आधारभुत अस्पतालको शिलान्यास गरिएको हो । जिल्लाको ठोरी गाउँपालिका, जिराभवानी, धोबिनी र पटेर्वा सुगौली गाउँपालिकामा १० देखि १५ सैयाको अस्पतालको शिलान्यास गरिएको हो ।

ठोरी गाउँपालिका २ मा प्राथमिक स्वास्थ्य केन्द्रको जग्गामा १५ सैयाको आधारभुत अस्पतालको गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठले शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले अस्पताल बनेपछि यहाँका स्थानीयलाई स्वास्थय जाँच गराउन सदरमुकाम बिरगंज भरतपुर, चितवन जान नपर्ने बताएका थिए । उनले सहज स्वास्थय सेवा सबैले पाउन भन्ने उदेशयका साथ अस्पतालको शिलान्यास र निर्माण थालिने जानकारी दिए ।

यस्तै सोमबार नै पटेर्वा सुगौली गाउँपालिका पनि १० बेडको अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण हुने अस्पतालको गाउँपालिका प्रमुख हरिनारायण चौधरीले शिलान्यास गरेका थिए । यस्तै जिराभवानी गाउँपालिकाको वडा नम्बर २ मा पनि १० सैयाको आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ ।

अस्पताल भवनको एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख रामप्रित महतो थारुले शिलान्यास गरेका थिए । यता धोबिनी गाउँपालिका २ मा पनि १५ सैयाको अस्पतालको शिलान्यास गरिएको छ । वडा नम्बर २ भिखमपुरमा निर्माण हुने अस्पतालको गाउँपालिका प्रमुख सुरेश कुर्मीले शिलान्यास गरेका थिए ।

सरकारको निती प्रत्येक स्थानिय तहमा ५ देखि १५ सैयाको अस्पताल निर्माण गरिने कार्यक्रम रहेको छ ।सोही निति अनुरुप देशैभरि सहित पर्सामा समेत आधारभुत अस्पतालको शिलान्यास गरिएको हो ।