रञ्जन यादब/
दादुरा–रुबेला विरुद्धको अभियानमा जीतपुरसिमरा उपमहानगरपालिकामा १३ हजार ८ सय ६४ जना बालबालिका सहभागि भएका छन ।
सरकारले गत फागुन १२ गते देखि २० गतेसम्म सचालन गरेको खोपको नौँ दिने अभियानमा जीतपुरसिमराका उक्त बालबालिकाहरुले कोप लागाएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका भरी ८९ वटा खोप केन्द्र सञ्चालन गरी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईएको थियो । दादुरा रुबेला खोप स्वास्थ्य कर्मचारी, स्वयमसेवीकाहरुको संलग्नतामा र जनप्रतिनिधिको सहयोगले सय प्रतिशत बालबालिकाहरुलाई लगाउनमा सफल भएको स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख रबि भाष्करले बताए ।
अभियान अन्र्तगत ९ महिना देखि २४ महिना मुनिका ३ हजार ५ सय ३९ बालबालिका सहभागि भएको उपमहानगरपालिका स्वास्थ्य प्रबर्दन शाखाका सिनियर अहेब अधिकृत जितन ठाकुर बताएका छन । त्यस्तै २४ महिना देखि ५ बर्ष मुनिका १० हजार २ सय ८७ र आरसिएममा भेटेर खोप पुरा गरेको बच्चाको सङख्या ३८ जना रहेको अधिकृत ठाकुरले साझेदारीलाई बताए ।
उपमहानगरपालिकाको बालबालिकाहरु देश बाहिर गएको अवस्थामा मात्र छुट्ने सम्भावना छ ,तर नेपालमै भएको बालाबालिका खोपबाट छुटने सम्भावना ज्यादै न्युन हुने स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले जनाए ।
जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा २४ वटै वडामा कुनैपनि बालबालिका दादुरा रुबेला खोपबाट बञ्चित नभएको प्रमुख भाष्करले बताए ।
यसैगरी दादुरा–रुबेला अभियानसंगै जीतपुरसिमरा उपमहानगरपालिका भरीकै करिब १५ सय ७१ बालबालिकालाई पोलियो थोपा समेत खुवाईएको स्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ।