अब पचरौता नगरका कुनै पनि बासिन्दा आँखाको समस्या लिएर वस्नु नपर्नेः नगरप्रमुख यादव

साझेदारी दैनिक
साझेदारी दैनिक 545 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको पचरौता नगरपालिकाको वेल्दारीमा निशुल्क आँखा चेकजाँच तथा निशुल्क मोतिया बिन्दु शल्यक्रिया शिविर कार्यक्रम संचालन गरिएको छ ।

पचरौता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वृद्धबृद्धा बचाउ अभियान अन्तरगत उक्त शिविरको संचालन गरिएको हो । नगरपालिकाको वडा नम्बर ४ स्थित बेलदारी को स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित उक्त शिविरको बुधवार नगरप्रमुख रमेश यादव उद्घाटन गरेका छन ।

शिविरको उद्घाटन गर्दै नगरप्रमुख यादवले अब नगरका कुनै पनि बासिन्दा आँखाको समस्या लिएर वस्नु नपर्ने बताएका छन । सो अवसरमा वोल्दै नगरप्रमुख यादवले नगरवासीहरुमा कुनै प्रकारको आँखाको समस्या भए निशुल्क उपचार तथा अप्रेसन गराउने प्रतिबद्धता जनाएका छन । उनले चाडै नै अन्य स्वास्थ्य सम्बन्धी चेकजाँच शिविर पनि संचालन गरिने बताए ।

प्रसुति सेवाका लागि नगरका गर्भवति महिला दिदिबहिनीहरुलाई बाहिर जानू नपर्ने गरि चाडै नै बेलदारिमा बर्थिङ्ग सेन्टर स्थापना गरिने पनि सो अवसरमा नगरप्रमुख यादवले जानकारी गराएका छन । नारायणी आँखा अस्पताल वीरगञ्जको प्राबिधिक सहयोगमा उक्त शिविर संचालन गरिएको हो ।

उद्घाटन कार्यक्रममा उक्त वडा नम्बर ४ का अध्यक्ष कन्हैया यादव, नारायणी अस्पतालका डाक्टर पुष्पराज विष्ट, निमित प्रसासकिय अधिकृत श्याम प्रसाद यादब, जसपाका नेता अवधभुषण यादव लगायत नागरिक समाज तथा स्थानियहरुको उपस्थिति रहेको थियो । शिक्षा शाखा प्रमुख प्रमोद यादबको स्वागत रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नवल यादवले गरेका थिए ।

सो अवसरमा आँखा सम्बन्धि बिभिन्न रोगहरुको निशुुल्क औषधी र चस्मा पनि बितरण गरिएको छ । बुधवार सम्पन्न शिविरमा २ सय ९७ जना बृद्धबद्धाहरुले लाभ लिएका छन् । जसमा १ सय ६० जना पुुरुष र १ सय ३७ जना महिला रहेको स्वास्थ्य शाखा प्रमुुख यादबले जानकारी दिएका छन ।

आँखा चेकजाँच गराएका मध्ये ५२ जना महिला र ६० जना पुुरुष गरी एक सय १२ जनामा मोतिया बिन्दुुको लक्षण देखा परेको छ । निशुुल्क शिविर विहिवार वडा नं.६ पकडियामा हुुने स्वास्थ्य शाखाले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review