उदाउँदो सूर्यलाई अघ्र्य दिइयो

साझेदारी दैनिक
331 पाठक संख्या

कलैया । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

हिजो (सोमबार) छठी माताको पुजाआजा गर्दै अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, महागढीमाई नगरपालिका,परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका,देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका,आर्दशकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकासहित विभिन्न स्थानमा दुलही झैं सिंगारिएका पोखरी, तलाऊ,नदिहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन्।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।

Leave a review

This will close in 0 seconds