Sajhedari Daily
Latest News from Nepal

प्रहरीद्धारा वरामद भन्सार छलीका लताकपडा तथा मोटरसाइकल भन्सार चलान

बारा प्रहरीले झण्डै चार लाख २८ हजार बराबरको भन्सार छलीका लताकपडा तथा मोटरसाइकल बरामद गरी भन्सार चलान गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरीले बुधवार जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० गम्हरगामा टोल स्थितमा उक्त लताकपडा वरामद गरेको हो ।

भरतबाट भन्सार छली चोरी पैठारी गरी ना ११ प ७७३२ र बि.आर २२एफ ८१८३ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको करिब रू. झण्डै चार लाख ,२८ हजार बराबरको तयारी कुर्ता सुरूवाल, सल लगायतका कपडा तथा मोटरसाइकल समेत वरामद गरेको छ ।

तस्करहरूले प्रहरी टोलिलाई देखी सामन छाडी भागी फरार भएको हुँदा उक्त कपडा तथा मोटरसाइकल बरामद गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्याल्य बाराले जनाएको छ ।