प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिता बाराको कलैयामा आईतवारदेखी शुरु भएको छ । प्रदेश क्रिकेट संघ प्रदेश नम्बर २, जिल्ला क्रिकेट संघ बारा र धनुषको संयुक्त आयोजनामा कलैया स्थित सिद्धेश्वर क्रिकेट ग्राउण्डमा छनौट प्रतियोगिता शुरु भएको हो ।
उक्त प्रतियोगिताको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादबले मैदानमा व्याटिङ्ग गर्दै उद्घाटन गरेको सुवास जयसवाले जानकारी गराएका छन ।
जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसियाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य माधव कर्माचार्य, कलैया क्रिकेट क्लबका अध्यक्ष तसिरुदिन मिया, जिल्ला क्रिकेट संघ पर्साका सचिव सतिस सिंह, जिल्ला क्रिकेट संघ बाराका सचिव अनिल चौगाई लगायतको सहभागिता रहेको थियो ।


