Sajhedari Daily
Latest News from Nepal

उपमेयर राष्ट्रिय कराते महिला प्रतियोगिताको लागि बाराको टोली रौतहट प्रस्थान

रञ्जन यादब/
रौतहडको चन्द्रपुुरमा सोमवारदेखी शुुरु हुुन लागेको उपमेयर राष्ट्रिय कराते महिला प्रतियोगिताको लागि बाराको टोली आईतवार रौतहट प्रस्थान गरेको छ । बाराको १६ सदस्सीय महिला टोली र चार जना प्रशिक्षकलाई जीतपुुरसिमरा उपमहानगरपालिकाले ट्रयाक सुुट र यातायात खर्च हस्तान्तरण गरिएको उपप्रमुुख सरस्वतीदेबी चौधरीले जानकारी दिएकी छिन ।

टोलीमा बाराका प्रशिक्षक सुनिल साह, सानुु पटेल, श्रीराम साह र मनोज कुमार साह सहभागी छन । प्रतियोगिता मंसीर २९ र ३० गते दुुई दिनसम्म चल्ने छ । बारा जिल्लाबाट जीतपुुरसिमरा उपमहानगरपालिकाको १६ सदस्सीय महिला टोली मात्र प्रतियोगितामा सहभागी हुन लागेको हो ।

खेलाडीहरुको बिदाई कार्यक्रममा जीतपुरसिमरा उपमहनगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वतीदेबि चौधरी, प्रमुख प्रशासकिय अधिकृत चेत कुुमार पोख्रेल, समाजसेवी अफताब आलम लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा २५ देखि ६५ किलो तौलका महिला खेलाडिहरुले सहभागिता जनाउँदै छन् ।