Sajhedari Daily
Latest News from Nepal

उपभोक्ता संरक्षण कार्यालयको खैरेनीमा अनुगमन,८ पसलेलाई नगद १ लाख ३५ हजार जरिवाना

राम मण्डल/
वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयको वीरगञ्जले चितवन खैरहनीमा अनुगमन गरेको छ । कार्यालयले बजार अनुगमनको क्रममा खरिद बिल नदेखाउने तथा अनुगमनमा असहयोग गर्ने चितवनको खैरहनी बजारका ८ पसलेलाई नगद जरिवाना गरिएको छ ।

बजारको १३ पसलमा शुक्रबार र शनिबार अनुगमन गरेको हो । सो क्रममा कार्यालयले गरेको बजार अनुगमनको ८ पसलेलाई नगद १ लाख ३५ हजार जरिवाना गरेको हो ।

अनुगमनको क्रममा खरिद बिल नदेखाउने खैरहनी बजारका पुष्पा होम डेकोर,जय माता सब्जी भण्डार, अक्सफोर्ड ट्रेड लिंक, सन्तोष पूजा सब्जी भण्डार र महाकाली फर्निचरलाई जनही २० हजार नगद जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी यस इलेक्ट्रोनिकलाई १० हजार तथा सहारा सुपर मार्केटलाई ५ हजार जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगन्जका सुचना अधिकारी दिलिप खङले जानकारी गराए।

यस्तै अनुगमनको क्रममा असहयोग गर्ने श्री राम खाद्य उधोगलाई पनि २० हजार तत्कालै जरिवाना गरिएको थियोे । कार्यालयका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन, इलाका प्रहरी कार्यालय खैरहनी, खैरहनी नगरपालिकाको कार्यालय चितवन सहितको टोलीले खैरहनी बजारमा  अनुगमन गरेको सुचना अधिकारी खङले बताए । जरिवाना रकम एक हप्ता भित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्ने निर्देशन पनि दिइएको छ ।

Comments are closed.

error: Content is protected !!