पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेशसहित दुई जना पक्राउ

साझेदारी दैनिक
344 पाठक संख्या

कलैया : पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थ २४० के.जी. तथा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले मकवानपुरको थाहा नगरपालिका वडा नं.११ बस्ने २९ वर्षीय सरोज मोक्तान ( चालक ) तथा सोही ठाउँका २१ वर्षीय नवराज लोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विशेष सूचनाको आधारमा शनिबार पर्साको बीरगंज महानगरपालिका वडा नं.२२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

सवारी साधनहरू जाँच गर्ने क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकको क्याबीनको माथि फल्स बनाई लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको हो।

ट्रक चालक मोक्तान र उक्त ट्रकमा सवार लोलाई बरामद लागु औषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review

This will close in 0 seconds