प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्टपति विद्यादेवी भण्डारीले आईतवार संसद विघटन गर्नुभएको छ ।संसद विघटन संविधानको भावना विपरीत र जनभावनाको कुठाराघात भएको भन्दै यतिखेर देशभर विरोध प्रर्दशन भईरहेको छ । संसद विघटन भएको विरोधमा बाराको विभिन्न स्थानहरुमा आईतवार विरोध प्रर्दशन गरिएको छ ।
विरोधमा सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरु पनि प्रर्दशनमा उत्रिएका छन । संसद विघटनको विरोधमा बाराको कलैया सिमरा, निजगढ, सिम्रौनगढ लगायतका स्थानहरुमा प्रर्दशन गरिएको छ ।
नेकपा, नेपाली काँग्रेस लगायतका दल र युवा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन । प्रर्दशनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारी विरुद्ध चर्का नारावाजी गरेका थिए ।
आईतवार बिहान आकस्मीक मन्त्रीपरिषदको निणर्यबाट ९ बजे प्रधानमन्त्रीले संसद् विघटनको राष्ट्रपतिसमक्ष सिफारिस गरेर गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारीसलाई अनुमोदन गरेर संसद विघटन गरिएको हो ।

