Sajhedari Daily
Latest News from Nepal

प्रजातन्त्रिक आन्दोलनका अग्रनी ब्यतिm अब्दुलको निधनले काँग्रेसमा क्षेतिः केस मन्सुर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्वमन्त्री फरमुल्लाह मन्सुरले प्रजातन्त्रिक आन्दोलनका अग्रनी ब्यतिm अब्दुल समदको निधनले नेपाली काँग्रेसलाई अपुरणिय क्षति भएको बताएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर निवासी ६७ बर्षिय समदको पार्थिव शरिरमा नेपाली काँग्रेसको चारतारे झण्डा ओढाई अन्तिम श्राद्धञ्जली अर्पण गर्दै पुर्वमन्त्री मन्सुरले यस्तो वताएका हुन ।

अब्दुलले बाचुन्जेल्लसम्म पार्टीमा देखाएको निष्टा निकै महत्वपुर्ण रहेको चर्चा गर्दे उनले देखाएको मार्ग निर्देशन अनुसार हिड्न सके मात्र उनी प्रति सच्चा श्राद्धञ्जली अर्पण हुने नेता मन्सुरले बताए । नेपाली काँग्रेसका पुर्व बुथ सभापति, वडाअध्यक्ष समेत रही पार्टीमा काम गरेका अब्दुलको निधन आईतवार भएको हो ।

उनलाई श्राद्धञ्जली दिन पुर्वसहायकमन्त्री कलावती पासवान, नेपाली काँग्रेस बाराका कार्यवाहक सभापति सुरेन्द्र गुप्ता, सचिव हरेन्द्र यादव, तरुण विभागका केन्द्रीय सदस्य अतिउर रहमान, कलैया उपमहानगरपालिकाका नेपाली काँग्रेसका नगरसभापति पुरुषोतम सिंह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवान, वडा नम्बर ९ का वडा अध्यक्ष डा. अख्तर अंसारी, नेकपाका नेता, जसपाका नेता लगायतकाले सम्बेदना प्रकट गर्दै शोकाकुल परिवारलाई अल्लाले शतिm प्रदान गरोस भनी कमना समेत गरेका थिए ।
उनको मुस्लिम परमपरा अनुसार कब्रगाहमा दाह संस्कार गरिएको थियो । उनको ५ जना छोरा रहेको छ ।