बाराको वरियारपुरका सय परिवारलाई युवा परिषदद्धारा न्यानो कपडा वितरण

साझेदारी दैनिक
834 पाठक संख्या

बारा, ११ पुस

बाराको बरियारपुरमा शनिवार एक कार्यक्रमवीच शितलहर पिडितहरुलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले न्यानो कपडा वितरण गरेको छ ।

परिषदले महागढीमाई नगरपालिका विभिन्न वडाका अतिविपन्न, दलित र असाहाय परिवारलाई न्यायो कपडा स्वरुप फाईवारको ब्यल्याङ्केट तथा कपडाहरु वितरण गरेको छ । महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित महेन्द्र वहुमुखी क्याम्पको प्राङ्गणमा आयोजना गरेको उक्त कार्यक्रममा युवा परिषद्ले ६० परिवारलाई फाईवारको ब्यल्याङ्केट एक÷एक थान र अन्य परिवारलाई न्यानो कपडाहरु गरि करिब एक सय परिवालाई  वितरण गरिएको हो ।

महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदाम साह कानुको प्रमुख आतिथ्यता तथा युवा परिषदका केन्द्रीय अध्यक्ष नवराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रम सम्पन्न भएको परिषदका महासचिव सुमन पुडासैनीले जानकारी गराएका छन ।

उक्त कार्यक्रममा गढीमाई मन्दिर संचालन समितिका उपाध्यक्ष विश्वनाथ महतो, स्थानीय समाजसेवी राजेन्द्र साह लहेरा, परिषदका निवर्तमान अध्यक्ष मातृका प्याकुरेल, नवदुर्गा पार्टी प्यालेस काठमाण्डौका रुपक बानिया, परिषदका प्रदेश नम्बर २ का अध्यक्ष गोपाल ढोडारी, समाजेवी पन्नालला कुशवाहा, सेवा समिति कलैयाका रामाज्ञा प्रसाद साह लगायतकाले सम्बोधन गरेको महासचिव पुडासैनीले बताए ।

 

Leave a review

This will close in 0 seconds