रौतहट बालिका मृत्यु प्रकरणमा कार चालकविरुद्ध ५ दिनको म्याद थप

साझेदारी डेलि
228 पाठक संख्या

प्रिमेश शिवाकोटी : रौतहट / रौतहट क्षेत्र नम्बर २ मा बिहिबार भएको चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका सवारी चालकविरुद्ध ५ दिन म्याद थप भएको छ । बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक जिल्ला परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको रौतहट प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको जानकारी दिए । एकातिर नावालिकालाई किचेर मारिएको घट्ना छ ,अर्कातिर उम्मेदवार र उनको पार्टी बक्तब्यबाजीम ब्यस्त छ्न । बिहीबार २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो ।

उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ । उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो । घट्नापछी स्थानीय आक्रोसित बनेका छ्न ।

Leave a review