नेपाली काँग्रेसले केपी ओली सरकारले प्रतिनिधी सभा बिघटन गरेर असंवैधानिक कदम बिरूद्ध देशभरका निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रमहरु गरिएको छ ।
पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत बाराका ४ वटै निर्वाचन क्षेत्रमा सोमवार विरोध प्रर्दशन गरिएको हो । नेपाली काँग्रेस बाराले चार वटै निर्वाचन क्षेत्रमा एकै साथ विरोध ¥याली निकालिएको र कोणसभा गरिएको थियो ।
सवै स्थानहरुमा वृहद सहभागिता रहेको छ । ¥यालीमा सहभागिहरुले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने, केपी ओली मुर्दावाद लगायतका नारा लगाएका थिए ।
नेपाली काँग्रेसले बाराको निर्वाचन क्षेत्र नम्बर १ को कोल्हवी, क्षेत्र नम्बर २ को बगडमपुरमा, क्षेत्र नम्बर ३ को सदरमुकाम कलैयामा र क्षेत्र नम्बर ४ को सिमरामा विरोध ¥याली तथा कोणसभा गरिएको हो ।
क्षेत्र नम्बर १ को विरोध सभालाई केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्य उमाकान्त चौधरी र क्षेत्रीय सभापति तथा सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजय शंकर यादब, निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनाल लगायतकाले सम्वोधन गरेका थिए ।
त्यसैगरीे निर्वाचन क्षेत्र नम्बर २ को बगडमपुरमा आयोजित विरोध सभालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य राधेचन्द्र यादब र क्षेत्रिय सभापति रामप्रवेश यादबको अगुवाई बिरोध कार्यक्रम भएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ को कलैयामा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फरमुल्ला मंसुर, कलैया मेयर राजेश राय यादव,महिला नेतृ कलावती पासवान र क्षेत्रिय सभापति मुकेश कुश्वाहा लगायत नेताहरुले विरोध कार्यक्रमलाई संवोधन गरेका थिए ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ को सिमरामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बृजलाल यादब, सबिधान सभाका सदस्य एवम नेपाली काँग्रेसका पुर्व सचेतक शोभाकर पराजुली र क्षेत्रिय सभापति सुनिल गुप्ता लगायतले विरोध ¥याली पश्चात आयोजित कोणसभालाई सम्वोधन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेको बिरोधमा काँग्रेसले विरोध प्रर्दशन गरेको हो ।