पर्साको बहुदरमाई नगरपालिकामा रहेको एक कुखुराको फर्ममा आगलागि हुदा ५ सय वटा कुखुरा जलेर नष्ट भएको छ । बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडिमा रहेको मनु पोलटि फर्ममा आगलागि हुँदाफर्मसँगै कुखुरा जलेर नष्ट भएको हो ।
आईतबार राति अचानक भएको आगलागिबाट कुखुराका् खोरमै रहेको २ किलो साईजको तयारी कुखुरा जलेर नष्ट हुदा ५ लाख बराबरको क्षति भएको फर्मका सञ्चालक राजु प्रसाद यादवले जानकारी दिए ।
नगरपालिकासित आफनै बारुण यन्त्र नहुदा वीरगञ्ज महानगरपालिकाको बारुण यन्त्रलाई खबर गरिएको तर,समयमा बारुण यन्त्र आउन नसकेको स्थानीय कृष्णा यादवले बताए ।
आगलागिलाई स्थानीयबासीहरुले मिलेर नियन्त्रणमा लिएको यादवले जानकारी दिए । कसरी आगलागि भयो भन्ने बारेमा हालसम्म खुल्न सकेको छैन ।

