कलैया : बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साहले अग्रता लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजकुमार दाहालका अनुसार साहले हालसम्म ४ हजार ८०६ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरले ८०३ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६५८ मत प्राप्त गरेका छन्।

