नव जनजागृती युुवा क्लब सिमराको १३ औँ बार्षिक साधारण सभा तथा अधिवेशन विहिवार सम्पन्न भएको छ ।
सिमरामा सम्पन्न १३औँ बार्षिक साधारण सभा तथा अधिवेशनले क्बलको नयाँ नेतृत्व समेत चयन गरेको छ । क्लबमा रामचन्द्र लामाको अध्यक्षतामा १४ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा दुुर्गा बहादुुर थापा, महासचिवमा शम्भुु सिंह ठकुुरी, सचिवमा श्यामकृष्ण सुुबेदी र कोषाध्यक्षमा सालिकराम अधिकारी रहेका छन । यसैगरी समितिको सदस्यहरुमा समिर आले, बिक्रम श्रेष्ठ, बिनोद देवकोटा, निराजन थापा, शोभा कार्की,गोबिन्द गहतराज, निरोज पुुडासैनी, सोमलाल बम्जन र सोनुु क्षेत्री सर्बसम्मत मनोनित भएका हुुन् ।
मोहन शर्मा लामिछानेको संयोजकत्वमा गठित तीन सदस्सीय निर्वाचन मण्डलमा राज कुुमार लामा र किशोर त्रिपाठी सदस्य थिए । नव गठित कार्यसमितीले थप तीन सदस्य कार्यसमितिमा मनोनित गर्ने निर्वाचन मण्डलका संयोजक शर्माले जानकारी दिएका छन।
कार्यसमितिको समयअवधि तीन बर्षको हुुनेछ । क्लबका अध्यक्ष काँशिम मिया अंसारीको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।