बाराको जीतपुरमा हिन्दुु संघसंगठनहरुद्धारा प्रर्दशन

साझेदारी दैनिक
साझेदारी दैनिक 568 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /
हिन्दुु परिषद नेपालले बाराको जीतपुुरमा शनिवार जनजागरण सभा सम्पन्न गरेको छ ।जनजागरण सभाको उद्घाटन हिन्दुु परिषद नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेलले गर्नुुभएको छ । सो अवसरमा बोल्दै राष्ट्रिय अध्यक्ष गुप्ताले धर्म निरपेक्षता नाममा राजनैतिक दलहरुले हिन्दुुहरुमाथि शोषण गरिरहेको बताएका छन । नेपाललाई हिन्दुु राष्ट्र किन घोषणा गर्नुुपर्ने लगायत बिभिन्न आयामको बिषयमा राष्ट्रिय अध्यक्ष पटेलले जानकारी दिए ।

बिश्वमा नेपाललाई पशुुपतिनाथको देश भनेर चिनिने गरिन्छ । उहाँले भन्नुु भयो कुुनै समय नेपालका मानिस अरु देशमा जाादा पशुुपति नाथको देशबाट आएको भन्दै सम्मान स्वरुप खुुट्टा ढोग्ने गर्थे । हिन्दुु परिषद नेपाल कुुनै पनि पाटीको भातृ सङ्गठन नभएकाले हिन्दुुतन्त्रको कुुरा गर्दा राजतन्त्र ल्याउँने हो कि भनी शंका नगर्न हिन्दुु परिषद नेपालका अध्यक्ष संतोष पटेलले अनुुरोध गर्नुुभयो ।

बिभिन्न बहानामा हिन्दुुधर्म परिवर्तन गराउँनेलाई कार्बाही गर्नुुपर्नेमा उहाँले जोड दिनुुभयो । फागुुन महिना देखि देशब्यापी रुपमा हिन्दुु परिषद नेपालले हिन्दुु राष्ट्र कायम गर्न दबाब सिर्जना गर्ने जनाएको छ । आन्दोलन गर्ने हिन्दुु परिषद नेपालको केन्द्रिय सचिवालय सदस्य नागेन्द्र सिँहको सभाअध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य सुुरेश साह कानुु ,हिन्दुु स्वयमसेवक संघका जीतपुुरसिमरा नगर ब्यवस्था प्रमुुख बिकास गुुप्ता , हिन्दुु परिषद नेपालका बारा अध्यक्ष गोपाल दास लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै राष्ट्रियता जोगाउन राजसंस्थाको आवश्यकता रहेको भन्दै बारामा राजावादीले प्रदर्शन गरेका छन् ।राष्ट्रिय सरोकार मञ्चको अगुवाइमा जिल्लाको सिमरा, जीतपुर, र पथलैयामा मोटरसाइकल ¥यालीको आयोजना गरेको हो ।.राष्ट्रिय झण्डा बोकेका सहभागीले पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वराजाका तस्वीरहरू र ब्यानर प्रदर्शन गरेका थिए । ¥याली सिमरा, जीतपुर हुँदै पथलैया परिक्रमा गरी पुनः सिमरा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review