Sajhedari Daily
Latest News from Nepal

सहकारीको कारण गाउँ गाउँमा बचत गर्ने बानी बसेको छः राज्यमन्त्री यादव

धिरेन्द्र पनुहर /
प्रदेश नम्बर २ की आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले सहकारीको कारण अहिले गाउँ गाउँमा बचत गर्ने बानी बसेको बताएकी छिन ।

करैयामाई वडा नम्बर ५ तेतरीयामा रहेको गरिबी उत्थान बचत तथा ऋण सहकारी संस्थाको दशौ साधारणसभालाई शनिवार सम्बोधन गर्दै मन्त्री यादवले देशमा संघियताको कारण हरेक जाति, बर्गले विभिन्न क्षेत्रमा आरक्षणकोटो पाएको बताईन । सो अवसरमा मन्त्री यादवल मलखाद वितरण गर्ने कार्य संघीय सरकारको मातहतमा भएको तर वितरण पनि गर्न नसक्ने र बोर्डरमा किसानहरुलाईसंघीय सरकारको प्रसाशनले किसानलाई दुख दिएकोमा चिन्ता व्यक्त गरिन ।

सहकारीको साधारण सभा उद्घाटन समारोहमा बारा जिल्ला सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर,साना किसान सहकारीका जिल्ला अध्यक्ष मिश्रीलाल सहनी, करैयामाई गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सोनालाल साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सस्थाका अध्यक्ष बिरेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य मधुशुधन चौधरीले गर्नुभएको थियो । संचालन श्रीराम साहले गरेका थिए ।

Comments are closed.

error: Content is protected !!