Sajhedari Daily
Latest News from Nepal

‘प्रहरी र सुराकीले सुनचादीमा पाउने कमिसनको व्यवस्था खारेज गर्नुपर्छ’ – सुनचा“दी व्यवसायीहरु

सुनचा“दी पक्राउ गरी भंसार र राजश्व विभागले गर्ने लिलामीमा सरकारले सुराकी तथा प्रहरीलाई दिदै“ आएको प्रोत्साहन स्वरुपको कमिसनको व्यवस्था खारेज गर्नुपर्ने सुनचा“दी व्यवसायीहरुले माग गरेका छन् । वीरगन्जमा शनिवार भएको व्यवसायीहरुको भेला तथा प्रदेश २ मा गठित नेपाल सुनचा“दी व्यवसायी महासुंघको सपथ ग्रहण र पदभार समारोहमा व्यवसायीहरुले यस्तो माग गरेका हुन् । प्रदेश २ का सीमावर्ती जिल्लाहरुमा सुनचा“दी पटकपटक बरामद भइरहन्छ । बरामदपछि कमिसन अत्यधिक आउने भएकाले प्रहरी र सुराकीको यसप्रति आकर्षण बढेको पाइन्छ ।

यस्तो कमिसनको व्यवस्थाले व्यवसायीहरु आर्थिक मारस“गै सामाजिक प्रतिष्ठाका सिकार बनिरहेको उनीहरुको गुनासो छ । ‘सुनचा“दी पक्राउ गर्ने प्रहरी र पक्राउ गर्न सुराकी दिने व्यक्तिले कमिसनको लोभमा वैद्य सुनचा“दीलाईसमेत अवैद्य बनाएर व्यवसायीलाई दुःख दिने गरेका छन्,’ नेपाल सुनचा“दी व्ययवसायी महासंघ प्रदेश २ का लागि हालै सर्वसम्मतबाट नवनिर्वाचित अध्यक्ष रामजी साह सोनारले भने, ‘व्यवसायीलाई करको दायरामा ल्याउनु जायज छ । तर कमिसनको लोभले व्यवसायीलाई दिने गरिएको दुःख मान्य छैन् । यो व्यवस्थाले व्यवसायी धाराशायी र बर्वाद भइरहेका छन् ।’

सुनचा“दी पक्राउ भएर लिलामीपछि सरकारले सुराकी र प्रहरीलाई ३० प्रतिशतसम्म कमिसन दिदै“ आएको छ । यो व्यवस्था खारेज नभएसम्म व्यवसायीहरु कानुनी झमेलाबाट पार नपाउने उनले बताए । प्रदेश २ स“गै केन्द्रीय सुनचा“दी व्यवसायी महासंघको प्रतिनिधिहरुकोसमेत उपस्थितीमा भएको भेलाले सरकारले सुनचा“दी व्यवसायी र उपभोक्ताहरुको हितमा सरकारले ठोस नीति नियम र कानुन बनाउन नसकेकोले त्यससम्बन्धी कानुन बनाउन उनीहरुले माग गरे ।

सरकारले बैंक मार्फ अहिलेसम्म उपत्यकामा मात्र सुनचा“दी उपलब्ध गराउदै आएकोले त्यस केन्द्रिकृत प्रणालीलाई हटाएर सातवटै प्रदेशको बैंक मार्फत सुनचा“दी उपलब्ध गराउन व्यवसायीहरुले माग उठाएका छन् । नेतृत्वको लागि लामो समयको विवादपछि प्रदेश २ मा नेपाल सुनचा“दी व्यवसायी महास“घको सर्वसम्मतबाट रामजी साह सोनार (रौतहट) को अध्यक्षतामा १५ सदस्यीय समिति चयन भएको हो । सुनचा“दी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का निर्वतान संयोजक शिवजी सर्राफ (बारा) को अध्यक्षतामा सपथ तथा पदभार ग्रहण भएको हो ।

व्यवसायीहरुले अबको दिनमा नया“ ढंगले रणनीति बनाएर अगाडि बढ्ने केन्द्रीय उपाध्यक्ष शिवजी सर्राफले बताए । समारोहका अध्यक्षता केन्द्रीय सदस्य निरज सर्राफले गरेका थिए । प्रदेश कमिटीलाई आर्थिक रुपले सबल र आयव्ययमा पारदर्शिता दिने सहकोषाध्यक्ष कमलेश साह (सर्लाही) ले प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी प्रदेशका सचिव प्रवेश सर्राफ(वीरगन्ज) ले संगठनलाई सुदृढ र व्यवसायीहरुप्रति उत्तरदायी बनाउने बताए । भेलामा व्यवसायीहरु, बज्रेआलम अंसारी, प्रकाश गहतराज, रामअशिष साह, दिनेश साह, नेपाल सोनार समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयकिशोर साहलगायतको उपस्थिती रहेको थियो ।