Sajhedari Daily
Latest News from Nepal

करैयामाई पाचौं पिपरा गोल्डकप फुटबल प्रतियोगिता शुरु, आयोजक क्लबलाई हराउदै वीरगञ्ज युथ एकेडेमीको विजयी सुरुवात

धिरेन्द्र पनुहर
बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ अन्तरगत जारी पाँचौ पिपरा गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिता अन्तरगतको विहिवारको उद्घाटन खेल आयोजक सृजनशील युवा क्लब पिपरा र वीरगञ्ज युथ एकेडेमी वीरगञ्ज समुह वि विच प्रतिस्पर्दा भएको थियो । उक्त खेलमा वीरगञ्जले ० को विरुद्ध २ गोलले बिजय थियोे ।खेलको पहिलो हापको २४ औं मिनेट जादा वीरगञ्ज क्लबले प्लान्टी किक प्रहार गर्ने अवसर पाएको थियोे । जर्सी नम्बर १५ का आदित्य शाक्यले पलान्टी शुट गर्दा आफ्नो टिमलाई १ गोलले अग्रता दिलाए थिए ।
त्यसै गरि खेलको दोस्रो हापको ३८ औं मिनेट जादा वीरगञ्ज क्लबले दोस्रो पेलान्टी किक प्रहार गर्ने अवसर पाएपछि जर्सी नम्बर १९ का म्याक्सले दोस्रो गोल गरि आफ्नो टिमलाई ० को विरुद्ध २ गोलले बिजयी बनाएका थिए ।
खेलमा म्यान अफ दि म्याच बिरगंज क्लबका जर्सी न.१५ का आदित्य शाक्य घोषित भएको थिए । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल नव जनजागृति युवा क्लब सिमरा र हेटौंडा एकेडेमीबिच प्रतिस्पर्धा हुने आयोजक क्लबका सहसचिव जितेन्द्र चौधरीले जानकारी दिएका छन ।
प्रतियोगिताको बिजेता टिमले नगद रु.२ लाख दस हजार सहित शिल्ड,मेडल प्राप्त गर्ने छ भने उपबिजेता टिमले नगद रु.१ लाख पाँच हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

 

Comments are closed.

error: Content is protected !!