बडहर्वाले फ्रेन्स यूवा क्लब बकुलियालाई ट्राईबेकरमा हरायो

रञ्जन यादव
247 पाठक संख्या

डकाहा खेल मैदानमा जारी वडा अध्यक्ष गोल्ड कप को दोस्रो दिनको खेल मौवा देवी यूवा क्लब बडहर्वाले जितेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ डकाहामा भएको खेलमा बडहर्वाले फ्रेन्स यूवा क्लब बकुलियालाई ट्राईबेकरमा जितेको हो ।

जितसँगै मौवादेवी यूवा क्लब बडहर्वा प्रतियोगिताको सेमीफाईनल प्रवेश गरेको छ ।

निर्धारित ७० मिनटको खेलमा दुबै टिमबाट एकएक गोल भएपछि खेल ट्रईबेकरमा थकेलिएको थियो ।

ट्रईबेकरमा बडहर्वाले ४–२ गोल अन्तरमा जितेको हो ।

पहिलो हाफको ३० औं मिनेटमा मौवादेवीका १२ नंबरका खेलाडी अविसान महत्तोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।

तर अग्रतालाई मौवादेवीले जोगाउन सकेन ।

दोस्रो हाफको १३ औं मिनटमा फ्रेन्स यूवा क्लब बकुलियाका सुशिल चौधरी गोल गरेसँगै खेल बराबरी भएको थियो ।

दुबै टिमका खेलाडीले पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

दोस्रो दिनको खेलमा मौवादेवी यूवा क्लबका गोल रक्षक यूनेश चौधरी मेनअफ दि मेच घोषित भए ।

उनलाई आयोजक मित्र यूवा क्लबका प्रतियोगिता संयोजक मोहन बहादुर आलेले पुरस्कार प्रदान गरे ।

भोली बुधबारको खेल बिरगजं सिटी क्लब विरगजं र ओझेल यूवा क्लब टाँगिया बस्तीका बिचमा दिउँसो ३ बजेबाट सुरुहुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमले ५० र दोस्राले २५ नगद सहित ट्रफि प्राप्त गर्ने छन् । खेल कार्तीक ३ गते सम्म चल्ने छ ।

Leave a review