Sajhedari Daily
Latest News from Nepal

कलैया उपमहानगरपालिका–३ मा कम्प्युटर तालिमको आयोजना

कलैया,६ फाल्गुन
कलैया उपमहानगरपालिका वडा नम्वर ३ को सहयोगमा दुई महिने आधारभुत कम्प्युटर तालिम शुरु भएको छ ।
तालिमको उदघाटन कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रहलाद वर्णवालले विहिवार एक कार्यक्रमवीच गरेका छन । सो अवसरमा वोल्दै अधिकृत वर्णवालले अहिलेको युग टेक्नोलोजिको भएकोले वडाको बजेटबाट कम्प्युटर तालिमको सञ्चालन गर्नु सुनमा सुहाग भएको बताएका छन । उनले घर घर, व्यक्ति व्यक्तिमा मोवाईल हातमा भएको अवस्थामा आधारभुत जानकारी नभए केहि गर्न नसकिने बताए । त्यसैले अहिलेको अवस्थामा आधारभुत जानकारीको लागि सञ्चालन भईरहेको तालिममा सक्रिय सहभागिता जनाउन विधार्थीहरुलाई आग्रह समेत वर्णवालले गरेका थिए ।
वडाका अल्पसंख्यक, पिछडावर्ग, दलित, एकल महिला लगायतकाहरुले सो तलिमबाट लभान्वित हुने आयोजकले विश्वास लिएको छ । तालिममा करिव ४५ जना विधार्थीहरुलाई सहभागि गराईने छ ।
त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष जलाउदिन मन्सुरले आफुले पहिला समस्याको पहिचान गरि योजना बनाउने गरेको बताएका छन । समाजमा रहेको अति आवश्यक समस्याको समाधान गर्ने आफनो पहिलो प्राथमिकता रहेको वडाअध्यक्ष मन्सुरको भनाई छ । वडामा रहेका मावि विधालयका नियमित अनुगमन समेत आफुले गरिरहेको सो अवसरमा जानकारी गराए । सोहि अनुरुप कम्प्युटर ज्ञानको आवश्यक रहेकोले विधार्थीहरुको लागि कम्प्युटर तालिमको आयोजना गरेको वडाअध्यक्ष बताएका थिए ।