Sajhedari Daily
Latest News from Nepal

पथलैयाबाट अमलेखगञ्जमा खानेपानी पुर्याउने- प्रदेश मन्त्री शर्मा

अनिलकुमार साह

प्रदेश नं. २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन ।

खानेपानीको चरम अभाव झेलीरहेको बाराको अमलेखगञ्ज क्षेत्रमा खानेपानी पुर्याउन प्रदेश नं.२ सरकारले विशेष योजना बनाउने पनि जानकारी गराए। पथलैयास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा रहेको ओभरहेड ट्यांकीको क्षमता बिस्तारका लागि पहल गर्न पुगेको प्रदेशसभा सांसद शोभा लामासहितको टोलीसँग मन्त्री शर्माले अमलेखगञ्ज पथलैयामा निर्माण हुने ट्यांकीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्नेगरी योजना अघी बढाउन राय दिएको टोलीमा सहभागी नेपाली काँग्रेसका जीतपुरसिमरा नगरसभापती श्यामबाबु गुप्ताले बताए।

पाईलाईनमार्फ डिजल पुर्याउन सकिने अमलेखगञ्जमा खानेपानी समेत सोही प्रकृयाबाट पुर्याउन सकिनेबारे सम्भाब्यता अध्ययन गरी तत्काल काम अघी बढाउने प्रतिवद्धता समेत मन्त्री शर्माले ब्यक्त गरेको सभापती गुप्ताले बताए। अमलेखगञ्जमा अहिले चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी संकलन गरि त्यहाँस्थित उद्योग कलकारखानालगायत ६ सय ४२ घरधुरीलाई पानी वितरण हुँदै आएको छ तर बढ्दो जनसंख्या र सहरीकरणका कारण सो पानी पर्याप्त नहुँदा तत्काल अर्को विकल्प आवश्यक देखिएको छ । जसको लागि सक्दो चाँडो सो काम थाल्नु पनि उनले बताए। सो टोलीमा वडा नं. १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, पथलैया खानेपानीका अध्यक्ष सुरेश लामा, सचिव मदन कंशकार लगायतको सहभागिता रहेको थियो।