वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

कोल्हबी वडा नम्बर ३ जुगवामा भलिबल प्रतियोगिता शुरु

धिरेन्द्र पनुहर
कोल्हवी, २५ कार्तिक
बाराको कोल्हबी नगरपालिका वडा नम्बर ३ जुगवामा प्रथम सुभाष स्मृति भलिबल प्रतियोगिता विहिवारदेखी शुरु भएको छ ।
स्थानीय समाज बिकास युवा क्लबद्रारा संचालित प्रथम सुभाष स्मृति भलिबल प्रतियोगिताको उदघाटन बिहिवार एक कार्यक्रमको कोल्हबी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरीले उद्घाटन गरेका छन ।
प्रतियोगिता अन्तरक्रिया विहिवार पहिलो खेलमा पहिलो खेल आयोजक जुगवा विरुद्ध प्रसौनाबिच भएको थियो । खेलमा आयोजक जुगवा टिम बिजय भएको छ । यसैगरी दोस्रो खेल थस्कौल विरुद्ध दौर्वाबिच भएकोमा थस्कौल टिम बिजय भएको छ । तेस्रो खेल बसतपुर र धोधर्पाकटिको विरुद्ध भएको खेलमा बसतपुर टिम बिजय भएको छ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा नेरा आधारभूत बिधालय प्रअ नरेन्द्र कुमार चौधरी, अमृत जिआर, वसन्त चौधरी, मन्जु राम, मुरलिधर चौधरी, उपेन्द्र चौधरी, जयमङल चौधरी, लक्ष्मी चौधरी, बङ्क चौधरी, हरिनारायण चौधरी, महेश्वर चौधरी लगाएतको उपस्थिति रहेको थियो।
आयोजक क्लबका अध्यक्ष गौरीशंकर चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य मदेश्वर चौधरी र संचालन बिशुनदयाल चौधरीको रहेको थियो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३० हजार र दोस्रो हुने टिमले नगद रु १५ हजार तथा सान्तवना पुरस्कार रु पाच हजार प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!