रञ्जन यादब/
आर्थिक बर्ष समाप्ती नजिक पुग्न लाग्दा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा मा सेवाग्राहीको चाप बढेको छ । योजनाको सम्झौता ,मुल्याङकन र भुक्तानी लिन आउने मानिसको चाप बढेको हो ।
समाजिक दुरीको पालना गर्दै सेवाग्राहीलाई बिकास निर्माणका कामहरुमा सेवा दिईने काम भईरहेको जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देबी चौधरीले जानकारी दिनुभयो ।
अनुगमन गर्ने समितीको संयोजक समेत रहनु भएकी चौधरीले हप्तामा दुई दिन भईरहेका बिकास निर्माणका कामहरुको अनुगमन गर्ने काम भईरहेको बताउँनुभयो ।सेवाग्राहीलाई उपमहानगरपालिकाको प्रबेशद्धारमै सुरक्षागार्डले सेनिटाईज गरेर कार्यालयमा प्रबेश दिईरहेका छन् ।
उपमहानगरपालिकाकाको योजना र प्राबिधिक शाखा सेवाग्राहीको चापले भरि भराउँ देखिन्थ्यो । कर्मचारीहरुलाई सेवाग्राहीको कामले भ्याईनभ्याई थियो । हेर्दा लाग्थ्यो सामान्य दिन जस्तै कार्यालय सञ्चालन भईरहेको छ ।