जीतपुर : बाराको अमलेखगंजमा बारा होटल तथा पर्यटन ब्यवसायी संघको सधारणसभा सहितको अधिवेशन मंसिर १३ गते हुने भएको छ ।
आईतबार बसेको पदाधिकारीहरुको बैठकले एलिफेन्ट भिलेज रिसोर्टमा आगामी मंसिर १३ गते होटल तथा पर्यटन ब्यवसायी संघ र बारा होटल तथा पर्यटन सहकारी संस्था सिमराको संयुक्त साधारणसभा तथा अधिवेशन हुने बारा होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।
कार्यक्रम बिहान ८ः३० बजेदेखि सुरु हुनेछ। सहभागी सदस्यहरूका लागि नास्ता र खानाको विशेष व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ।
सहकारीहरूको संस्थागत विकास, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा पर्यटन क्षेत्रको विस्तारका लागि आवश्यक रणनीतिहरूबारे विस्तृत छलफल कार्यक्रममार्फत हुने अध्यक्ष लम्सालले बताए ।

