राम मण्डल/
नाच हेर्न मोटरसाईकल चलाएर हिडेका एक १४ बर्षिय किशोरको दुर्घटनामा परि मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा परि पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका १४ बर्षिय दिपेश कुमार यादवको मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएका छन् ।
शुक्रबार राति ११ बजेर ५५ मिनेटमा धोबिनी गाउँपालिका–४ पुल चोक स्थित भित्री सडक खण्डमा उनले चलाएको प्रदेश नं. २–०३–००६ प ५६५८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
दुर्घटनामा परि यादवको घटनास्थलमै मृत्यु भएको तथा मोटरसाईकलको पछाडि बसेका धोबिनी गाउँपलिका–४ बस्ने वर्ष १० को दिपु यादव समान्य घाईते भएका प्रहरी नायब उपरिक्षक गिरीले बताए ।
धोनिबी गाउँपालिका–४ स्थित पप्पु यादवको घरमा घर पुजाको लागि आएका दिपेश पप्पुकै मोटरसाईकल लिएर नाच हेर्न राति निस्किएको क्रममा दुर्घटना भएको पर्साका प्रहरीका प्रहरी नायब उपरिक्षक गिरीले जानकारी दिए । मृतकको शब पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जानकारी दिए ।


