शुरुवातीअग्रता जोगाउननसक्दा टाई टाइव्रेकरमा४–३ को कठिन जितनिकाल्दै मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमाप्रवेश गरेको छ ।
मकवानपुर ११ ले बनाएको २–० को शुरुवातीअग्रता जोगाउननसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमाधकेलिएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनटको अतिरिक्त समयमादुबै टिमले १–१ को बराबरी खेले ।
मकवानपुरको जितमा टाईव्रेकरमासंजिवअर्याल, मनिषपौडेल, सुजन गुरुङ र सुदिपश्रेष्ठले गोल गरे । मकवानपुरका अविनास खड्काको प्रहार भरतपुरका गोलरक्षकले बचाउ गरे । भरतपुरका लागि सजिनथापा, भिष्म क्षेत्री र सुनिलश्रेष्ठले गोल गरे । टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरीयो भने आकाशथापामगरको प्रहार गोलपोष्टबाट रिबाउण्ड भयो ।
निर्धारित समयको खेलमामकवानपुरले खेलको दशौं मिनटमै २–० को अग्रतालिएको थियो तर त्यसलाई जोगाउननसक्दाखेल अतिरिक्त समय हुँदै टाईव्रेकरमाधकेलिएको थियो ।
मकवानपुरले खेलको चौथो मिनटमा सुजन गुरुङको गोलबाट अग्रताबनायो । भरतपुरका गोलरक्षकले आफ्ना खेलाडीलाई पास दिनखोजेको बल विट गर्दै करिब ३० यार्डपरबाट सुजनले गोल गरेका थिए ।
१–० ले पछि परेको भरतपुरविरुद्ध आक्रामक खेल खेलेको मकवानपुरले खेलको दशौं मिनटमा अग्रता दोब्बर पा¥यो । मनिषपौडेलले करिब ४५ यार्ड परबाट गरेको प्रहार गोलमा परिणत हुँदा भरतपुरका गोलरक्षक मनोज गुरुङले अनुमान समेत गर्न सकेनन् ।
३३ औं मिनटमा भरतपुरका भिष्म क्षेत्रीले बराबरी गोल फर्काए । मकवानपुरका सञ्जिबअर्यालले फाउल गरेपछि पाएको फ्रिकिकमा सजिनथापाले करिब १९ यार्डबाट हानेको प्रहारलाई भिष्म क्षेत्रीले आकर्षक हेडिङ मार्फत गोलमा परिणत गरेका थिए ।
खेलको ५५ औं मिनटमा सजिनथापामगरले भरतपुरका लागि बराबरी गोल गरे । सुनीलश्रेष्ठको पासमा सजिनले डिबक्स भित्रबाट सुन्दर गोल गरे ।
करिब पाँचहजार दर्शकको उपस्थिती रहेको सिमरा रङ्गशालामापहिलो क्वाटरफाइनल रोमाञ्चक रह्यो । निर्धारित ९० मिनटको खेल बराबरी खेलेका दुबै टिमले अतिरिक्त समयको ३० मिनेट जितकालागि कठिन संघर्ष गरे । अतिरिक्त समयको पाँचौ मिनटमा मकवानपुरले भरतपुरका सुधांश चौधरीको आत्मघाती गोल बाट ३–० को अग्रताबनाएको थियो । गोल लाईनबाट बल क्लिएर गर्ने क्रममा सुधांशको प्रयासले जालीचुमेपछि मकवानपुरका समर्थक उत्साहित बने ।
मकवानपुरको अग्रतालाई भरतपुरका सुनीलश्रेष्ठले अतिरिक्त समयको १५ औं मिनटमा बराबरीमाल्याए । सेन्टरलाईनबाट एकलप्रयासमा बल अघि बढाएका सुनीलले करिब ३० यार्ड परबाट बललाई गोल पोष्टको दिशादिएकाथिए ।
प्रतिष्पर्धात्मक खेलमामकवानपुर ११ र भरतपुर फुटबल क्लबले थुप्रै आकर्षक अवसरहरु गुमाएकाथिए । शुरुवातीदबाबलाई झेल्दै उत्कृष्ट प्रदर्शन गरेको भरतपुर प्रतियोगिताबाट बाहिरिएपनि घरेलु दर्शकको मन जित्न सफलभयो । प्रिक्वाटरमाआयोाजकलाई पराजित गरेको भरतपुरको समर्थनमाअधिकांश स्थानीयदर्शक प्यारापिटबाट हुटिङ गरिरहेका थिए।


