पथलैयाबाट प्रहरीले अबैध सामान सहित ट्रक नियन्त्रणमा

रञ्जन यादव
529 पाठक संख्या

बाराको पथलैयाबाट प्रहरीले अबैध ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

शुक्रवार प्रहरीले अन्दाजी ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

पथलैयाबाट खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा वीरगंजबाट रुपन्देहीतर्फ जादै गरेकोवा.प्र.–०३–००१.ख.२३११ नं.को ट्रक रोकी चेक जाँच गर्दा विलबिजक भन्दा ५१ लाख ४६ हजार ७ सय २४ रूपैया बढीको खुद्रासामानहरु फेला परेको थियो ।

खुद्रा सामानहरु सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds