कोल्हवीमा शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
429 पाठक संख्या

धीरेन्द्र पनुहर/

संयुक्त शिक्षक समिति कोल्हवी बाराको आयोजनामा बिहिवार कोल्हबिमा रहेको शुबिहानी होटेलको सभा हलमा बिजया दशमी ,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम २०८० सम्पन्न भएको छ।

संयुक्त शिक्षक समितीका संयोजक हितेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिका का शिक्षा शाखा प्रमुख मिश्रीलाल साह रहनु भएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका कोल्हवि नगरपालिका शिक्षा शाखा प्रमुख मिश्रीलाल साहले मलाई यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्नु भएकोमा आयोजकलाइ धन्यवाद दिदै कोल्हबि नगरपालिकाको शिक्षा शाखाको तर्फबाट पाउनु पर्ने सुबिधा यस नगरपालिका का प्रत्येक बिधालयले पाउने र मेरो नजरमा सबै बिधालय समान रुपमा रहेको बताउनु भयो।

धेरै पालिकाले दशैको बेलामा तलब खुआउने अवस्था नरहेको जानकारी गराउदै हाम्रो कोल्हबि नगरपालिका तेस्तो अवस्था नरहेको समेत जानकारी गराउनु भयो।कार्यक्रममा यस न पा भित्र रहेका बिधालयमा कार्यरत बढुवा भएका शिक्षक शिक्षिका क्रमशः युवराज मैनाली,सरिता उप्रेती,नरेन्द्र चौधरी,कल्पना कुमारी बराल,भुनेश्वर चौधरी,रामप्रकाश चौधरी र चन्द्रदेव कुशवाहा लगाएतकालाइ सम्मान गरेको थियो ।

कार्यक्रममा राधाकृष्ण चौधरी,बिशुनदयाल चौधरी,श्रीराम साह,कल्याणी चौधरी,नन्देश्वर चौधरी,गङाराम चौधरी ,जिवनबन्जारे,कल्पना बराल,रामप्रकाश चौधरी,चन्द्रदेव कुशवाहा,भुनेश्वर चौधरी लगाएतकोले शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रमका विशिष्ट अतिथि श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विधालय कोल्हवी ४ सपहिका प्रधानाध्यापक भुनेश्वर चौधरी,श्री अनुप दिपनी माध्यमिक विधालय कोल्हवीका प्रधानाध्यापक रामप्रकाश चौधरी,श्री जनता माध्यमिक विधालय परसौनाका प्रधानाध्यापक चन्द्रदेव कुशवाहा,श्री मनि माध्यमिक बिधालय थस्कौलका सहायक प्रधानाध्यापक श्यामबहादुर चौधरी ,श्री ने रा मा बि जुअवाका प्रधानाध्यापक नरेन्द्र चौधरी,श्री ने रा आ बि रमपुर्वाका प्रधानाध्यापक गंगाराम चौधरी श्री ने रा मा बि नया बस्तिका प्रधानाध्यापक रघुनाथ चौधरी,श्री ने रा आधारभुत बिधालय ककडिका प्रधानाध्यापक कल्याणी चौधरी लगाएत विभिन्न बिधालयका प्रधानाध्यापक र कार्यरत शिक्षक शिक्षिकाहरु लगायतको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा देवकोटाले गर्नु भएको थियो भने कार्यक्रम संचालन जिवन पोखरेलले गर्नु भएको थियो।

Leave a review

This will close in 0 seconds