कोल्हवीमा प्रथम खुल्ला नकआउट बुद्धिचाल प्रतियोगिता हुने

साझेदारी दैनिक
487 पाठक संख्या

बाराको कोल्हवीमा प्रथम खुल्ला नकआउट बुद्धिचाल प्रतियोगिताको आयोजना हुने भएको छ ।

कोल्हवी नगरपालिका वडा नम्बर ९ मा रहेको शान्ति बृद्दा फाउन्डेसनले आफ्नो तेस्रो बार्षिक साधारणसभाको अवसरमा प्रथम खुल्ला नक आउट बुद्धिचाल प्रतियोगिता गर्ने जनाएको छ ।

यही आउदो पुस ५ गतेदेखि संस्थाको कोल्हवी कार्यालयको प्राङ्गनमा खेल शुरु हुने संस्थाका अध्यक्ष प्रेम नारायण चौधरीले जानकारी दिएका छन ।

उक्त बुद्धिचाल प्रतियोगितामा देश भरका खेलाडी सहभागी हुन पाउने जनाईएको छ ।

प्रतियोगितमा भाग लिनेले पुस ४ गते सम्ममा आफनो नाम दर्ता गराउँनुपर्ने संस्थाका अध्यक्ष चौधरीले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले रु.बीस हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र,दोस्रो हुनेले रु.दस हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र र तेस्रो हुनेले रु. पाँच हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन ।

प्रतियोगितामा खेल्नको लागि प्रबेश शुल्क रु ५ सय ५५ लाग्ने आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds