प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको लागी मधेस प्रदेशको टोलि घोषणा

साझेदारी दैनिक
518 पाठक संख्या

नवराज चौलागाईं/

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि मधेस प्रदेशको लागि टिम घोषणा गरिएकोछ ।

मधेस प्रदेश क्रिकेट संघले आइतबार कबिता गौतमको कप्तानीमा टिम घोषणा गरेको हो ।

घोषित टोलिमा एलिसा यादव (विकेट किपर),अनुराधा चौधरी,प्रतिमा साह,साना प्रवीण,सबनम खातुन,मीना महतो,पुजा महतो,साक्षी यादव,रोजि कडारी,भूमी सिंह,आरती महतो,सरस्वती चौधरी र चादनी खातुन रहेकी छिन । टिम १४ सदस्यीय रहेको छ ।

पौष ५ गतेदेखि १८ गतेसम्म संचालन हुने प्रतियोगिता काठमाडौको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान (टि यु क्रीकेट ग्राउन्ड) र मुलपानी क्रिकेट ग्राउन्डमा हुने छ ।

प्रतियोगिताको पहिलो खेल मधेसले पौष ५ गते बिहान ९ः३० बजेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा वाग्मती प्रदेश बिरुद्ध खेल्नेछ ।

प्रतियोगिताकोलागी मधेस प्रदेश क्रिकेट संघले प्रदेश स्तरीय अन्तर जिल्ला महिला क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । छनोट प्रतियोगिताको फाइनलमा बारालाई पराजित गर्दै सिरहा बिजेता बनेको थियो ।

Leave a review