एक करोड १३ लाखको सामान लोड रहेको ट्रक नियन्त्रण

राम मण्डल
537 पाठक संख्या

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी सामान लोड रहेको एउटा ट्रकलाई विहीवार नियन्त्रणमा लिएको छ ।

प्रहरीले चेकजाँचकोे क्रममा भिसिटिएसमा उल्लेख भए भन्दा बढीको सामान लोड रहेको पाएपछि ट्रक नियन्त्रणमा लिएको हो ।

बिल बिजक भन्दा बढी सामान लोड गरि ट्रक काठमाडौं जादै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोक स्थित सडकखण्डमा चेकजाँचको क्रममा प्रहरीले ट्रक नियन्त्रणमा लिएको थियो ।

ना.६ ख ८३०५ नम्बरको मालवाहक ट्रकमा लोड रहेको कपडा तथा खुद्रा समानहरू भिसिटिएस बिल भन्दा बढी रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो । उक्त ट्रकमा एक करोड १३ लाख १८ हजार ८९० रुपैया बराबरको मालसामान लोड रहेको पाइएको छ ।

नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds