बारामा ३ सय १० लिटर अबैध घरेलु मदिरा नष्ट

संदिप प्रसाद यादव
603 पाठक संख्या

बारा प्रहरीले ३ सय १० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

अस्थाई प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलिले शुक्रबार बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १४ स्थित धैरघारी ७ स्थानमा सञ्चाल गरेको अबैध मदिरा भट्ठी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार तयारी मदिरा अन्दाजी मुल्य एक हजार बराबरको १० लिटर,१८ हजार रुपैयाँ मुल्य बराबरको कच्चा पदार्थ ३ सय लिटर नष्ट गरिएको हो ।

प्रहरीले ५ स्थानमा संचालित भट्ठी समेत नष्ट गरेको छ ।

Leave a review

This will close in 0 seconds