धीरेन्द्र पनुहर/
बाराको करैयामाई उपमहानगरपालिका वडा नम्बर ७ उमजनमा प्रथम करैयामाई गोल्डकप २०८० संचालन हुने भएको छ ।
मंगलबार उमजन खेल मैदानमा पत्रकार सम्मेलन गरेर गोल्डकपको बारेमा बिस्तृत जानकारी गराएको हो । श्री नवजन प्रगती युवा क्लब उमजनका अध्यक्ष रुपनारायण यादवको अध्यक्षता सम्पन्न भएको पत्रकार सम्मेलनमा क्लबका सदस्य कृष्ण मनि चौधरीले बिस्तृत जानकारी गराउनु भएको हो ।
उक्त प्रतियोगितामा बीरजंग सिटी क्लब पर्सा, बीरगंज यूनाईटेड क्लब बीरगंज, जन शक्ति क्लब कोल्हबी ,न्यू जन जागृति युवा क्लब निजगढ़ ,रोयल स्टार जन ज्योति युवा क्लब गुजरा रौतहट, ज्वाला दल गण कलैया, सशस्त्र ए पि एफ बर्दिबास महोतरी र आयोजक क्लब गरी ८ वटा टिमहरुको सहभागिता रहको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद रु. ५० हजार शिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद रु २५ हजार शिल्ड, मेड्ल र प्रमाणपत्र प्राप्त गर्ने छ।
त्यसैगरि विभिन्न बिधागततर्फ पनि पुरस्कारको ब्यवस्था गरिएको छ। कार्यक्रमको मिडिया पार्टनरको रुपमा रेडियो पातालगङ्गा १०६.१ मे.ह. कोल्हबी बारा, मेडिकल पार्टनर नेचुरल फर्मा कलैया बारा र प्राबिधिक सहयोग बारा जिल्ला फुटबल संघको रहेको छ ।
प्रतियोगिताको प्रवर्द्धक करैयामाई गाऊ पालिकाको कार्यालय रहेको छ । तेस्तै सहयोगी संस्थाहरुमा साना किसान सहकारी सस्था लि., गरीबी निवारण बचत तथा ऋण सहकारी सस्था, हरियाली कृषि सहकारी संस्था लगाएतको रहेका छन ।
प्रतियोगिता यही चैत्र २४ गते देखि शुरू हुने छ र फाइनल खेल २०८० बैशाख १ गते शनिवार हुने छ । यस प्रतियोगिताको अनुमानित बजेट ७ लाख रहेको आयोजकले पत्रकार सम्मलेनमा जानकारी गराउनु भएको हो ।
पत्रकार सम्मेलनमा क्लबका पदाधिकारीहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मलेनको सहजीकरण क्लबका सचिव गोपाल चौधरीले गर्नु भएको थियो ।

