जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा गरेको काम कारवाहीको बारेमा एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
बैशाख महिनामा पर्सा प्रहरीले ३५ लाख २० हजार सात सय नगद सहित तीनजनालाई पक्राउ गरेको छ । यस्तै बैशाख महिना भरिमा पर्सा प्रहरीले लागु औषधतर्फ गाँजा १५ के.जी.,खैरो हिरोईन ५७.४५ ग्राम बरामद गरेको जनाएको छ ।
प्रहरीले कोरेक्स ६७ बोतल,नाइट्राभेट ७९९ पिस,फेनारगन ३० एम्पुल,डाइजेल्याब ३३ एम्पुल,नुरफिन ३३ एम्पुल बरामद गरेको छ । बैशाख महिना भरिमा ६ करोड १३ लाख ६८ हजार ४४ बराबरको कपडा खुद्रा,किराना,औषधि तथा ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरी सम्बन्धित कार्यालयहरूमा बुझाएको छ ।
बैशाख महिना भरिमा एक लाख २३ हजार नक्कली नोट उसले बरामद गरेको छ । उसले ४२ वटा हराएको मोबाईल खोजी गरी सम्बन्धित मानिसहरुको जिम्मा लगाएको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
बैशाख महिनामा नै पर्सा प्रहरीले भारतीय कुख्यात अपराधी बब्लु पासवान भन्ने गणेश कुमारलाई एक थान मेड ईन युएसए लेखिएको पेस्तोलसहित पक्राउ गरेको छ ।
प्रहरीले बैशाख महिनामा फैसला कार्यान्वयन तर्फ १ सय ५१ जना प्रतिबादीलाई पक्राउ गरी ५ बर्ष २९ दिन कैद र १५ लाख ८ हजार ७४२ जरिवाना असुल गरेको छ ।
त्यस्तै चालु मुद्दाका ११ जना फरार प्रतिबादीलाई पनि प्रहरीले पक्राउ गरेकोे पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले प्रेस विज्ञप्ति मार्फत साझेदारी दैनिकलाई जानकारी दिएका छन ।

