लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ

संदिप प्रसाद यादव
263 पाठक संख्या

बारा प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा मंगलवार ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर १ नकटुवामा जाँच गर्ने क्रममा लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मुसहर्वाबाट प्रसौनी तर्फ आउदै गरेको ना ६१ प १७२७ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा इंडिकेटर लाईट भित्र लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर बरामद गरेको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर ७ लचका टोल बस्ने अन्दाजी २७ वर्षीय सुनिल रूम्बा रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट २.४ ग्राम लागू औषध ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

लागु औषध ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a review