सात्विक गढीमाई अभियान शुरु अन्तरक्रिया सम्पन्न

संदिप प्रसाद यादव
268 पाठक संख्या

कलैयामा सात्विक गढीमाई अभियान शनिबार देखि शुरु भएको छ । यस अन्तर्गत नेपाल भारत मिडियाको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम कलैयास्थित दरबार होटलमा सम्पन्न भएको हो ।

“बलि पशुको होइन,अन्धविश्वासको दिऔ“ भन्ने मूल नाराका साथ पशु कल्याण संघ नेपालले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

पशु कल्याण संघ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम भएको हो । महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा र गढीमाई मन्दिर सञ्चालन तथा बिकास समितिका अध्यक्ष रामचन्द्र साहले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी सो अन्र्तक्रियाको उद्घाटन गरेका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता,पुर्व भौतिक राज्यमन्त्री कलावती पासवान लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा बोल्दै गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह तेलिले बिश्वमा पशुबलिको नामले चिनिने गढीमाई मेलामा श्रद्धालु भक्तजनले श्रद्धा पुर्वक रांगा,बोका ल्याउने गरेको जनाए ।
मातालाई प्रसादको रुपमा ल्याईने बस्तुलाई नकार्न नमिल्ने उनले जनाए ।

मातालाई फुल अबिर मिठाइले समेत प्रसन्न खुशी पार्न सकिने आस्था र बिश्वास जगाउन पशु कल्याण संघले संदेशमुलक होडिङ्ग बोर्ड,सडक नाटक,समाचार सम्प्रेषण गर्नुपर्ने अध्यक्ष साहले सुझाव दिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले पशुबली होईन सात्विक पूजापाठलाई मान्यता दिनका निम्ति पशु कल्याण संघ नेपालले निरन्तर रुपमा जनचेतना जगाउनु पर्ने धारणा राखेका थिए ।

बिश्व प्रसिद्व शक्तिपिठ गढीमाई प्रति आस्था बिश्वास राखी भाकल गर्ने भक्तजनले सात्विक पद्दतिलाई मान्यता दिनु पर्ने उनले बताए । पशु कल्याण संघ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गरिन् । उनले आस्था र बिश्वासको प्रतीकको रुपमा रहेको गढीमाईको महिमा अपरमपार रहेको बताईन ।

हरेक पांच बर्षमा लाग्ने गढीमाई मेलामा भाकल स्वरुप ल्याईने रांगा,बोका,परेवा आदि पशुपंक्षीको सट्टा नगद राशी दान गरि पुण्य कमाउन सकिने उनले बताइन् । सकारात्मक संदेश आम जनमानसमा फैलाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उनले बताईन ।

शाकाहारी प्रसाद,चुनरी,मिठाई अर्पण गरि मातालाई प्रसन्न खुशी पार्न सकिने जनबिश्वस आमसमुदायमा जगाउन संचार क्षेत्रको भुमिका अपिहार्य रहेको उनले बताइन् ।

गढीमाई मेलामा सात्विक पुजापाठ एवंम मन्दिर निर्माणकार्य लागि श्रद्धालु भक्तजनले आफ्नो गच्छे अनुसारको दान राशी दान गरि माताको आशिर्वाद आफ्नो मनोकामना पूरा गर्न सकिन्छ उनले भनिन् । यहि आस्था र बिश्वास बिश्वब्यापी रुपमा संदेश फैलाउन सम्पुर्ण आगन्तुक सञ्चारकर्मीहरुलाई नियमित रुपमा समाचार सम्प्रेषणका लागि अध्यक्ष श्रेष्ठले अपेक्षा राखिएको जनाइन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा,मधेस प्रदेश पत्रकार महासंघका सदस्य शैलेन्द्र झा,बाराका उपाध्यक्ष रामबाबु मेहता,निरन्जन जोशी,बारा,पर्सा,रौतहट लगायत भारतका मिडियाकर्मीको सहभागिता रहेको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा पशु कल्याण संघ नेपालका अध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गरिन् । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघका जिल्ला कार्य समिति सदस्य नरेश गुप्ताले गरेका थिए ।

Leave a review