मधेश प्रदेश सरकारमा २० जनाको मन्त्रीमण्डल विस्तार भएपछि यतिखेर सामिजक संञ्जालदेखी यर्वत्र रुपमा विरोध भईरे छन ।
मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दै २० सदस्यी मन्त्रीपरिषद गठन गरेका थिए । सानो प्रदेश र थोरै जिल्ला भएको प्रदेशमा यतिधेरै जम्बो टोली नै बनाएको भन्दै विरोध भईरहेको छ ।
बाराका वरिष्ठ पत्रकार एवम् कान्तिपुरटिभीका व्युरो प्रमुख उपेन्द्र ठाकुरले देश अघोषित आर्थिक संकट भोगिरहेको बेला जनतालाई कर र देशलाई ऋणको भारिले थिचेर सरकार टिकाउन दिनदिनै नयां मन्त्री जन्माउने संघियताको कुरुप दृष्य भन्दै आफ्नो फेसबुक पेजमा पोष्ट गरेका छन ।
यतिमात्र होईन मधेश प्रदेशको राजधानी समेत रहेका जनकपुरमा प्रदेश सरकार विरुद्ध बुधवार नारा जुलुस सहित प्रर्दशन नै गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले संयुक्त रूपमा कुर्सी जुलुस प्रदर्शन गरेका हुन ।
विद्यार्थीहरुले मन्त्रिपरिषद् विस्तारको विरूद्धमा मधेस सरकारविरूद्ध कुर्सी जुलुस निकालेको एक विद्यार्थी नेताले बताए ।
बंगलादेशमा भएको अन्दोलनलाई कै छनक दिने गरि धनुषामा विद्यार्थीहरुले प्रदेश सरकारको विरुद्धमा प्रर्दशन गरेका हुन । युवाहरुले हामा कुर्सी बोकेर जनकपुरधामको विभिन्न चोकको परिक्रममा गर्दै मुख्यमन्त्री सिंहविरुद्ध नाराबाजी गरेका थिए ।
मुख्यमन्त्री सिंहले ५ जना थप राज्यमन्त्री थपेर राज्य र जनतामाथि भार थपेको भन्दै प्रर्दशनरत युवा विद्यार्थीहरुहरुको ठहर छ । प्रर्दशनकारीहरुले मुख्यमन्त्री सिंहलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग समेत राखेका छन ।

