स्वास्थ्य चौकीको लापरबाहीका कारण रौतहटमा एक सुत्केरी महिलाको मृत्यु

साझेदारी दैनिक
626 पाठक संख्या

रौतहट,०३ भदौ । ओम प्रकाश यादव/

रौतहटको गरुडा नगरपालिका-५ महम्मद्पुर स्वास्थ्य चौकिको चिकित्सकको चरम लापरबाहीका कारण सुत्केरी गराउन गएकि एक महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान सुत्केरी गराउन स्वास्थ्य चौकी महम्मद्पुर गएकि गरूडा नगरपालिका-३ मलाहीटोलका राकेश कुमार सहनिको २० वर्षकि श्रीमती शर्मिला कुमारी सहनीको ज्यान गएको छ।

योनिबाट अत्याधिक रक्तस्राव बगेको कारण रगतको अभावमा आफ्ना श्रीमती शर्मिलाको बच्चा जन्माएको झन्डै चार घण्टा पछि मृत्यु भएको मृतकको श्रीमान राकेश कुमारले बताएका छन ।

सहनीका अनुसार उक्त चौकीका २ जना महिला अनमि स्टापले योनिको मुनि ब्लेडले चिरेपछि शर्मिलाले समान्य अवस्थामा नै पहिलो सन्तानको रुपमा छोरीको जन्म दिएकी थिइन ।

तर बच्चा जन्म लिने बितिकै चिकित्सकले योनिको तल भागमा ब्लेडले चिरेको स्थानबाट रगत बग्न सुरु भएको थियो ।

अत्याधिक मात्रामा रगत बगेकोको कारण आफ्ना श्रीमतीको शरीरमा रगतको अभाव हुँदा उनको मृत्यु भएको श्रीमान राकेश सहनीले बताए ।

स्वास्थ्य चौकी महम्मद्पुरका चिकित्सकले उपचारमा गम्भीर लापरबाही गरेका कारण शर्मिलाको मृत्यु भएको सहनीको आरोप छ ।

रगत बग्न सुरु हुने बितिकै डिस्चार्ज गरेको भए शर्मिलाको ज्यान जोगिन्थ्यो तर त्याहाका चिकित्सकले रगत बग्न सुरु भए को चार घण्टापछि डिस्चार्ज गर्दा समयमा उपचार नपाएर शर्मिलाको मृत्यु भएको सहनीको आरोप छ ।

सुत्केरी ब्याथा लागेपछि शर्मिलालाई उनका श्रीमान राकेश सहनिले आज बिहान ४ बजे स्वास्थ्य चौकी महम्मद्पुरमा लगेका थिए । तर सन्तान पाएको ५ मिनेटपछि बेहोस भएर शर्मिलाको मृत्यु भएको सुत्केरी गराउन सम्लग्न रहेकी अनमिको भनाई छ।

घरबाट स्वास्थ्य संस्था ल्याएको ४ घण्टापछि उनी शकुशल बच्चा जन्माएकी थिइन ।

सामान्य अवस्थामा सुत्केरी भएकोले थप उपचार र विकल्प खोज्ने अवस्था नै थिएन्,परिवारका आफन्तहरुसँग राम्रो कुराकानी पनि भएको हो,उनका श्रीमान सहनी सहित आफन्तहरु पनि सँगै थिए, अनमी यादव भनिन्।

अवस्था सामान्य नै थियो, चार बजेसम्म अवस्था राम्रै थियो, विहान ८ बजेपछि एकाएक रगत निस्कन थाले पछि बेहोस भएपछि त्यहाँका स्टाफले डिस्चार्ज गरेर निजि अस्पतालमा पठाएपछि शर्मिलाको ज्यान गएकि अनमी प्रतिमा यादवले बताईन्।

शरिरमा रगतको मात्रा कमी भएर नै कमजोरीले उनको ज्यान गएको हुन सक्ने स्वास्थ्य शाखा संयोजक रामनरेश यादवको भनाई छ। तर मृत्युको कारण यही हो भनेर भन्न सक्ने अवस्था नरहेको यादवले बताए ।

स्वास्थ्य चौकीको लापरबाहीबाट नभइ शरिरमा रगत एक्दमै कम मात्रामा रहेको कारण उनको ज्यान गएको हुन सक्ने यादवको दाबी छ ।

चिकित्सकको लापरबाहीले शर्मिलाको ज्यान गएको भन्दै पीडित परिवारले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कार्यवाहि हुनुपर्ने र स्वास्थ्य चौकीबाट आफुहरुलाइ क्षतिपुर्ती दिनुपर्ने माग गरेका छन ।

Leave a review

This will close in 0 seconds